पर्यटकीय नगरी पोखरामा पाँच सय दरका नक्कली नोट छ्यापछ्याप्ती, प्रहरी बेखबर

पर्यटकीय नगरी पोखरामा पाँच सय दरका नक्कली नोट छ्यापछ्याप्ती, प्रहरी बेखबर


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ बैशाख २०७४
  • 28.6K
    Shares

ओम हमाल
पोखरा, ९ वैशाख २०७४ ।
पर्यटकीय नगरी पोखरामा पाँचसय दरका नक्कली नोटहरु छ्यापछ्याप्ती देखिन थालेका छन् । शुक्रबार मात्र नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय पोखरामा ५ सय दरका १० वटा नक्कली नोटहरु आएको राष्ट्र बैंक पोखराले जनाएको छ ।
माघको दोस्रो सातादेखि हिजो शुक्रबारसम्म ८१ थान पाँचसय दरका नक्कली नोटहरु नेपाल बैंक पोखरामा जम्मा भएको नेपाल राष्ट्र बैंक पोखराका कामु निर्देशक वृहस्पति अधिकारीले जानकारी दिनुभयो । ती ८१ थान नक्कली नोटहरुमध्ये क्र.सं ७९९७४६ का ४८ थान र क्र.सं ६७९७४६ का ४३ थान रहेका छन् । कामु निर्देशक अधिकारीका अनुसार, माघ १३ गते दुई थान पाँच सय दरका नक्कली नोट राष्ट्र बैंक पोखरामा आएपनि केही समयपश्चात् चैतको पहिलो सातादेखि पोखरामा नक्कली नोटहरु भेटिने क्रम तीब्र बनेको छ ।
राष्ट्र बैंकमा जम्मा भएका अधिकाँश नक्कली नोटहरु विभिन्न बैंकहरु तथा सहकारीहरुबाट जम्मा भएका नोटका बण्डलबाट भेटिएका हुन् । नक्कली नोट भेटिने क्रम तीब्र भएपछि सजग भएर नोटहरु लिन बैंकका पदाधिकारीहरुलाई सचेत गराइएको नेपाल राष्ट्र बैं्रक पोखराका कामु निर्देशक अधिकारीले जानकारी दिए । यता नेपाल राष्ट्र बैंकले सजग गराएपछि पोखराका बैंक तथा वित्तीय संस्थाहरुले नक्कली नोट पत्ता लगाउने “फेक नोट डिटेक्टर मेशीन” जडान गर्न शुरु गरेका छन् ।
नक्कली नोटहरु भेटिन शुरु गरेको करीब तीन महिना भैसक्दा पनि कास्की प्रहरी भने बेखरब छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक -एसपी) घनश्याम अर्याल नक्कली नोटहहरु भेटिएको बारे सम्बन्धित निकायले आफूहरुलाई हालसम्म जानकारी नगराएको आरोप लगाउनुहुन्छ । तैपनि आफूहरु आफ्नै तरीकाले नक्कली नोट कारोवार गर्ने गिरोहको खोजीमा लागेको एसपी अर्याल बताउनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार