पोखराबाट अबैध लागू औषध खैरो हिरोइनसहित तीन जना पक्राउ

पोखराबाट अबैध लागू औषध खैरो हिरोइनसहित तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० पुष २०८१
  • 9.3K
    Shares

पोखरा,२० पुष मंसीर २०८१।

पोखराबार्ट अबैध लागू औषध खैरो हिरोइन (ब्राउन सुगर)सहित तीन जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जाबाट एक जना र पोखरा १ सिद्धनाथ टोलबाट दुई जना अबैध लागू औषध खैरो हिरोइन (ब्राउन सुगर)सहित पक्राउ परेका हुन्।

गएको बिहिबार राती नौ बजेको समयमा पोखरा महानगरपालिका वडा नं.२५ हेम्जाबाट जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले स्थानीय वर्ष २८ का लगिन थापालाई अबैध लागू औषध खैरो हिरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। अभियुक्त थापाको घरकोठाबाट ०.५०० ग्राम खैरो हिरोइन, लागू औषध गाँजा ६०० ग्राम, NITRAVET-10 नाम उल्लेख भएको लागू औषध १९९ चक्की र मोवाईल एक थान समेत बरामद भएको प्रहरीले बताएको छ।

यसैगरी जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले नै पोखरा महानगरपालिका वडा नं.१ सिद्धनाथ टोलबाट अबैध लागू औषध खैरो हिरोईनका साथमा विभिन्न खाले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको बतैएको छ।

उक्त स्थानबाट पोखरा १ सिद्धनाथ टोलका ३७ वर्षीय निसदबाबु श्रेष्ठ र पर्वतको कुश्मा नगरपालिका वडा नं. १० स्थायी वतन भई हाल पोखरा ८ नयाँबजार बस्ने वर्ष ३२ को दीपक वि.कलाई अबैध लागू औषध खैरो हिरोईनका साथमा विभिन्न खाले लागू औषधसहित पक्राउ गरिएको प्रहरीले दिएको जानकारीमा उल्लेख छ।

पक्राउ परेका जना लागू औषधका कारोबारी रहेको र उनीहरुविरुद्ध कास्की जिल्ला अदालतमा लागू औषध सम्बन्धी मुद्दामा म्याद थप भै अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार