वडाध्यक्ष साहद्वारा दिदीको वलात्कारपछि हत्या : त्यो दृश्य देख्ने भाइलाई अपहरण गरेर बनाए बेपत्ता

वडाध्यक्ष साहद्वारा दिदीको वलात्कारपछि हत्या : त्यो दृश्य देख्ने भाइलाई अपहरण गरेर बनाए बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ पुष २०८१
  • 5.3K
    Shares

पोखरा,१८ पुष मंसीर २०८१।

शपथग्रहण समारोहबाटै पक्राउ परेका पछिल्लो उपनिर्वाचनबाट वडाध्यक्षमा निर्वाचित सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्ष धीरेन्द्रकुमार साहले आफ्नै दिदीको वलात्कारपछि हत्या गरेको र त्यो दृश्य देख्ने भाइलाई अपहरण गरेको रहस्य खुलेको छ।

सपथग्रहण समारोहबाटै पक्राउ परेका वडध्यक्ष साहबिरुद्ध अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रतिबेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले सप्तरी जिल्ला अदालतमा दायर गरेको मुद्दामा त्यस्तो रहस्य खुलेको हो।

प्राप्त विवरण अनुसार , वडाध्यक्ष धीरेन्द्रकुमार साहसहित राजनारायण साह, इन्द्रनारायण साह, सुशील साह, शिवकुमार साह, पंकज साह र ओमप्रकाश साह लगायतले २०७८ चैत २२ गते बिहान १० बजे सोही वडाकी २० वर्षकी सन्तोषीकुमारी साहलाई उनकै घरभित्र पटक–पटक पटकपटक बलात्कार गरी हत्या गरेको भन्दै मृतक महिलाकी आमा चन्दरदेवी साहले प्रहरीमा उजुरी दिएको तथ्य सप्तरी जिल्ला अदालतमा दायर उक्त मुद्दमा उल्लेख छ।

मृतकको घाँटीमा डाम देखिएको र मृत्यु स्वाभाविक नभई हत्या भएको शबको पोस्टमार्टम रिपोर्टमा देखिएको सरकारी वाकिलको कार्यालयले दायर गरेको मुद्दामा खुलाइएको छ। त्यसमा पनि घटना देखेका स्थानीयले पनि हत्यामा वडाध्यक्ष साहको संलग्नता पुष्टि हुने बयान कागज गरिदिएका छन्।

घटना देखेका भाइ पनि बेपत्ता
दिदी सन्तोषीको बलात्कारपछि हत्या भएको देखेका भनिएका उनका भाइ नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोप पनि वडाध्यक्ष धीरेन्द्रकुमारसहितका प्रतिवादीहरूलाई लगाइएको छ। दिदीको हत्या भएको एक वर्षपछि भाइ नितिश पनि बेपत्ता भएका थिए।

हत्यालगत्तै सन्तोषीकी आमाले प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। तर प्रहरीले उनको जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो।

तर २०७९ फागुन १७ गते दिउँसो नितिशकुमार साहलाई पनि अपहरण गरी बेपत्ता बनाएको आरोप वडाध्यक्ष साहसहित ६ जनालाई लगाइएको छ।

अदालतमा दर्ता भएको अभियोगमा राजनारायण साह, इन्द्रनारायण साह, शिवकुमार साह, वडा नं १० का चन्दर यादव र रविन्द्र यादवलाई पनि अपहरण गरी बेपत्ता बनाएको आरोपमा प्रतिवादी बनाइएको छ।

उनीहरूले २०७९ फागुन १७ गते दिउँसो २ बजे माधोपुर टोलस्थित आँपको बगैँचाबाट १३ वर्षका नितिशकुमार साहलाई अपहरणमा परेको बताइएको छ।

छोरी सन्तोषीकुमारी साहलाई बलात्कारपछि हत्या गरेको र उक्त घटना देखेकाले नितिशलाई पनि अपहरण गरी बेपत्ता बनाएको आमा चन्दरदेवी साहको आरोप छ।

घटना भएको भनिएकै साँझ ६ बजेतिर धीरेन्द्र र राजनारायण साहले नितिशलाई समातेर सडक पार गराउँदै लगेको देखेको छोटेलाल यादवले प्रहरी कार्यालयमा कागज गरिदिएका छन्।

यस्तै ब्रह्मदेव यादवले पनि धीरेन्द्रसहितका व्यक्तिले खेतैखेत लैजाँदै गरेको देखेको बयान दिएका छन्। लक्ष्मी मडर राजधोवले इन्द्रनारायण साहसँग बालकलाई देखेको बयान पनि दिएका छन्। उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २०६ (१), (२) (ख) र (६) बमोजिमको कसुरमा सजाय माग गरिएको छ। वडाध्यक्ष साहविरुद्ध जबरजस्ती करणी गरेपछि हत्या गरेको र अपहरण गरी व्यक्ति बेपत्ता पारेको कसुरमा छुट्टाछुट्टै अभियोगपत्र दायर गरिएको हो।

बुधबार जिल्ला अदालत सप्तरीका न्यायाधीश दीपक धितालको इजलासमा बयान भएको छ। बिहीबार थुनछेक आदेश हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार