आज अमेरिकी डलर, युरो, पाउन्ड र कुवेती दिनार पनि महँगिए, बहराइन दिनारको भाउ भने घट्यो

आज अमेरिकी डलर, युरो, पाउन्ड र कुवेती दिनार पनि महँगिए, बहराइन दिनारको भाउ भने घट्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ पुष २०८१
  • 6.7K
    Shares

पोखरा,१६ पुष मंसीर २०८१।

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज पनि अमेरिकी डलर उच्च मूल्य स्थिर छ। त्यसैगरी आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। अस्ट्रेलियन डलर, युरो, पाउन्ड र कुवेती दिनारको मूल्य हिजो पनि बढेको थियो।

तर, बहराइन दिनारसहितका केही मुद्राको मूल्य भने घटेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा छ।

अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैया ६७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३० पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैया ४० पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०३ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ०९ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ३० पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५५ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ २३ र बिक्रीदर ८५ रुपैयाँ ६१ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९१ र बिक्रीदर ८५ रुपैयाँ २९ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ३० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ २५ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ १६ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ११ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६१ रुपैयाँ ९९ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ५८ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६२ रुपैयाँ २३ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ८२ पैसा थियो।

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

प्रतिक्रिया
सम्बन्धित समाचार