रक्सी खाएर गाडी चलाउने लाइसेन्स नभएका सहचालक प्रहरीको फन्दामा

रक्सी खाएर गाडी चलाउने लाइसेन्स नभएका सहचालक प्रहरीको फन्दामा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ पुष २०८१
  • 9.1K
    Shares

पोखरा,१६ पुष मंसीर २०८१।

रक्सी खाएर गाडी चलाउने लाइसेन्स नभएका एक जना सहचालक प्रहरीको फन्दामा परेका छन्।

तमु समुदायको महान चाड ल्होसार र हिन्दु जातिको पर्व पुशे पन्ध्रमको दिन शनिबार रक्सी खाएर गाडी चलाएका कृष्णबहादुर भुजेल प्रहरीको फन्दामा परेका हुन्। उनीसंग हल्का सवारी साधन चलाउने लाइसेन्स नभएको पनि ट्राफिक प्रहरीले जानकारी दिएको छ।

पोखराको पृथ्वीचोकमा ट्राफिक चेकजाँचको क्रममा सहचालक भुजेललाई रक्सी खाएर हाईस गाडि माइक्रो बस पृथ्वीचोकदेखि बसपार्कतर्फ कुदाउदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

भुजेललाई कानूनी कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम पोखरामा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार