धादिङमा माइक्रोबस दुर्घटना : १६ जना यात्रु घाइते

धादिङमा माइक्रोबस दुर्घटना : १६ जना यात्रु घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ पुष २०८१
  • 9K
    Shares

पोखरा,१२ पुष मंसीर २०८१।

धादिङमा माइक्रोबस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट चितवनका लागि छुटेको बा २ ख २८२९ नम्बरको माइक्रोबस गल्छी गाउँपालिका–८ गल्छीमोडमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर १६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । डिएसपी हमालका अनुसार, घाइतेहरूको अम्बेभरोसा अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबस आफैं अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किएको थियो ।

दुर्घटनामा माइक्रोबस चालक मकवानपुरको थाहा नगरपालिकाका २२ वर्षीय सञ्जय लामा गुरुङ पनि घाइते भएका छन्। उनको टाउको, मुख र ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको सूचना अधिकारी हमालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार