पोखरा,१० पुष मंसीर २०८१।
पोखरामा अध्ययनरत एक जना किशोरीले विजयपुर पुलबाट हाम फालेर आत्महत्या गरेकी छिन। पोखरा महानगरपालिका वडा नम्बर २७ तालचाेकस्थित डायमण्ड माविको कक्षा १२ मा हाेटल मेनेज्मेन्ट अध्ययनरत अस्मिता क्षेत्रीले विजयपुर पुलबाट हाम फालेर आत्महत्या गरेकी हुन।
१८ वर्षीया क्षेत्रीले मंगलबार साँझ करीब छ बजेको समयमा विजयपुर पुलबाट हाम फालेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
आइतबारदेखि घर नगएकी ती किशोरीको खाेजी भईरहेकाे विद्यालय प्रशासनले जानकारी दिएकाे छ । उनले विजयपुर नदी पुलबाट किन हाम फालेकी हुन् भन्ने बारेमा सोधीखोजी भैरहेको प्रहरीले बताएको छ।