चोरीको सुनको सिक्री किन्ने कालिगढ र चोरी गर्ने दुई जना युवा बागलुङमा समातिए

चोरीको सुनको सिक्री किन्ने कालिगढ र चोरी गर्ने दुई जना युवा बागलुङमा समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ पुष २०८१
  • 7.3K
    Shares

पोखरा,९ पुष मंसीर २०८१।

हेल्लो ! सुन पसले दाई !! कतै तपाईं सस्तोमा पाएँ भन्दैमा बिना बिल भर्पाईका सुनका गरगहना किनिरहनु भएको त छैन ? यदि त्यसो गरिरहनु भएको छ भने झ्यालखानामा जानु पर्ला है ख्याल गर्नुस।

हो , त्यस्तै भएको छ, बागलुङमा। बिना बिल भर्पाइ सस्तो मुल्यमा सुनको सिक्री किन्दा बागलुङ नगरपालिका १२ घर भई पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ५ वडागाउँ स्थित एक सुन्पसलामा कालिगढको काम गर्ने २२ वर्षीय सुदिप वि.क पक्राउ परेका छन्। बिकलाई आज बिहान जिल्ला प्रहरी कार्यालय पर्वतको समन्वयमा बागलुङ प्रहरीले पक्राउ गरेको प्राप्त जानकारीमा उल्लेख छ।

अभियुक्त बिकले सस्तो मुल्यमा बिना बिल भरपाई किनेको ७२ हजार ४० रुपियाँ मूल्य बराबरको सुनको सिक्री चोरीको भएको खुलेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार , गएको पुष ६ गते मध्यराती बागलुङ नगरपालिका वडा नम्बर २ आदर्शटोलका खिम बहादुर राउतको डेरा कोठाबाट दुई तोलाको सुनको सिक्री एक थान र नगद रु. १० हजार रुपियाँ चोरी भएको थियो। उक्त चोरीको अनुसन्धान गर्ने क्रममा बागलुङ प्रहरीले सोमबार साँझ छ बजे बागलुङ नगरपालिका वडा नम्बर ३ बस्ने बर्ष २३ को विजय किसान र बागलुङको गलकोट नगरपालिका वडा नम्बर १ घर भई हाल बागलुङ ३ बस्ने बर्ष २५ को रविन शेरचनलाई पक्राउ गरेको प्रहफ्रीले जानकारी दिएको छ।

पक्राउ गरेका किसान र शेरचनले आफूहरुले खिम बहादुर राउतको डेरा कोठाबाट चोरी गरेको सुनको सिक्री पर्वतको वडागाउँस्थित सुन पसलमा कालीगढ़ काम गर्ने सुदिप बिकलाई ७२ हजार ४० रुपियानाम बिक्री गरेको प्रहरी समक्ष बताए पछि कालीगढ बिकसमेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

अभियुक्तद्वय किसान र शेरचनले कालिगढ़ बिकसंग चोरीको सुन बिक्री बापतको रकम लिएपछि उनीहरुले एक थान भिभो मोबाइल फोन किनेको र १५ लाल तौलका १ जोर मुन्द्रा बनाएको र ती दुवै बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

सुनको सिक्री चोरी गर्ने र चोरीको सिक्री कम मुल्यमा किन्ने कालीगढ़ बिरुद्ध बागलुङ जिल्ला अदालतमा चोरी सम्बन्धी कसूरमा पांच दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार