पोखरामा गएराती मर्मत गरी राखेको ट्रिपरमा मोटरसाइकल ठोक्किंदा एक युवाको मृत्यु

पोखरामा गएराती मर्मत गरी राखेको ट्रिपरमा मोटरसाइकल ठोक्किंदा एक युवाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ पुष २०८१
  • 37.9K
    Shares

पोखरा,२ पुष मंसीर २०८१।

पोखरामा गएराती बिग्रिएर सडक छेउमा रोकेर मर्मत गरिरहेको ट्रिपरमा मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ।

सोमबार राति पोखरा महानगरपालिका २६ बुढिबजारस्थित सडक छेउमा मर्मत गर्दै गरेको लु२ख ४५२७ नम्बरको ट्रिपरमा ग११प ६०५६ नम्बरको मोटरसाइकल पछाडीबाट ठोक्किंदा मोटरसाइकल चालक पोखरा ३३ बागमाराका २९ वर्षीय अशोक लामिछानेको मृत्यु भएको हो।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका लामिछानेलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय डाँडाको नाकले जानकारी दिएको छ ।

दुर्घटनाग्रस्त पूर्णरुपमा क्षतिग्रस्त उक्त मोटरसाइकल र ट्रिपर तथा ट्रिपर चालक रसुवाका ३७ वर्षीय वासुदेव घिमिरेलाई आबश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार