पोखरा,३० मंसीर २०८१।
नेपाल बैंक लिमिटेडका तत्कालीन उप-प्रबन्धक शशीकिरण श्रेष्ठ भ्रस्टाचारी ठहर भएको १३ वर्षपछि पक्राउ परेका छन्। तत्कालीन उप-प्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भर प्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको २०७३ कार्तिक २५ गतेको इजलाशले भ्रस्टाचारी ठहर गरेका श्रेष्ठलाई काठमान्डौस्थित स्वयम्भू प्रहरी वृत्तको टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो ।
उक्त इजलाशले श्रेष्ठ समेतबाट बैकलाई १९ करोड ८९ लाख ३१ हजार ७८४ रुपैयाँ हानीनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गरेको थियो। छुट्टा छुट्टै मुद्दामा ६-६ महिना कैद सजाय पाएका श्रेष्ठले कारागारमा बसी कैद भुक्तानी गर्नुपर्ने प्रहरीले जनाएको छ ।
श्रेष्ठलाई फैसला कार्यान्वयनको लागी आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गर्नु पर्ने भए पनि सार्वजनिक बिदाका कारण उनलाई सोमबार मात्रै अदालतमा पेश गरिने भएको छ ।