पोखरामा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किए : एक युवाको मृत्यु, अर्का घाइते

पोखरामा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किए : एक युवाको मृत्यु, अर्का घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ मंसिर २०८१
  • 36.9K
    Shares

पोखरा,२७ मंसीर २०८१।

पोखरामा मोटरसाइकल र स्कुटर ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

पोखरा महानगरपालिका–१३ पाटनवेशीमा मंगलबार राति ग २३ प ३५६१ नम्बरको मोटरसाइकलले ग ७ प ९०७५ नम्बरको स्कुटरलाई ठक्कर दिंदा एक युवाको मृत्यु भएको हो।

उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक पोखरा महानगरपालिका ३३ बागमारा घर भई सोही महानगरपालिका १३ बाझापाटन बस्ने १९ वर्षका सरोज रामदामको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो।

मोटरसाइकलमा सवार १ जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार