पोखराको माटेपानीमा मध्यराती बिजुलीको पोलमा कार ड़वाङ्गै : पोल बन्यो पिटिक्कै

पोखराको माटेपानीमा मध्यराती बिजुलीको पोलमा कार ड़वाङ्गै : पोल बन्यो पिटिक्कै


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ मंसिर २०८१
  • 61.2K
    Shares

पोखरा,२५ मंसीर २०८१।

पोखराको महानगरपालिका वडा नं १२ माटेपानीमा मध्यराती तीब्र गतिमा रहेको कार बिजुलीको पोलमा ड़वाङ्गै ठोक्किएको छ।

पोखरा १३ भद्रकालीबाट रानीपौवातर्फ आउँदै गरेको बा१५च ६९५८ नम्बरको कार माटेपानीस्थित बिजी हस्पिटल नजिकै बिजुलीको पोलमा ड़वाङ्गै ठोक्किएको हो।

कार बिजुलीको पोलमा ड़वाङ्गै ठोक्किए पनि कार चालक भने पोखरा-१३ का ४३ वर्षीय अम्बर सापकोटा सकुशल छन् । तर उक्त बिजुलीको पोल भने पिटिक्कै भाँच्चिएको बताइएको छ। कारको अगाडिको भाग ध्वस्त भएको प्रहरीले जानकारी दिएको छ ।

चालक सापकोटाले मादक पदार्थ सेवन गरेर तीव्र गतिमा कार चलाएका कारण कार दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार