कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ मंसिर २०८१
  • 4K
    Shares

हावाहुरी, बदली, आजको मौसम,

पोखरा, १७ मंसीर २०८१।

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंगलबार देशभर मौसम मुख्यतया सफा रहने छ । बुधबार भने कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार