गाली सहन नसकेर ओखलढुङ्गामा १३ वर्षीय नातिद्वारा ८२ वर्षीया हजुरआमाको हत्या

गाली सहन नसकेर ओखलढुङ्गामा १३ वर्षीय नातिद्वारा ८२ वर्षीया हजुरआमाको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ मंसिर २०८१
  • 2.8K
    Shares

पोखरा, ११ मंसीर २०८१।

के तपाईं आफ्ना छोरा-छोरी , नाति – नातिनालाई गाली मात्र गरि रहनुहुन्छ ? ख्याल गर्नुस है , त्यो बानी घातक हुनसक्छ। हो , ओखलढुङ्गामा त्यस्तै भएको छ।

हजुरआमाले गाली गरेको भन्दै सहन नसकेर ओखलढुङ्गामा १३ बर्षीय नातीले ८२ बर्षीय हजुरआमाको हत्या गरिदिएका छन्।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख एवम प्रहरी नायब उपरीक्षक कृष्ण खड्काका अनुसार , गएको मंसिर ६ गते खिजीदेम्वा गाउँपालिका –६ बस्ने वर्ष ८२ कि ठगमायाँ सुनुवार आफ्नै भान्सा कोठामा मृत भेटिएकी थिइन्। घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा उनको हत्या उनकै १३ वर्षीय नातिले गरेको खुले पछि नातिलाई अनुसन्धानका लागी नियन्त्रणमा लिइएको डिएसपी खड्काले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानका क्रममा ती किशोरले हजुरआमाको गाली सहन नसकी आवेशमा आएर आगो फुक्ने ढुंग्रीले हानेर हत्या गरेको प्रहरीसम्क्ष स्वीकार गरेका छन् ।

प्रहरीले ति किशोरविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा कसुरमा सोमबार अदालतबाट म्याद थपगरी अनुसन्धान कार्य भइरहको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार