गएराती रूकुमपश्चिचममा आफ्नै बुवालाई चक्कु हानेर युवा जंगलतिर भागे , बुबाको मृत्यु

गएराती रूकुमपश्चिचममा आफ्नै बुवालाई चक्कु हानेर युवा जंगलतिर भागे , बुबाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० मंसिर २०८१
  • 3.2K
    Shares

हत्या

पोखरा, १० मंसीर २०८१।

गएराति रूकुमपश्चिममा १९ वर्षीय एक युवाले आफ्नै बाबुलाई चक्कुले हानेर हत्या गरेका छन्।

जिल्लाको आठबिसकोट नगरपालिका १० घारीखोलाका १९ वर्षीय वीर बहादुर केसीले ५१ वर्षीय बुवा दर्बे केसीको चक्कुले हानेर हत्या गरेका हुन्।

आइतबार बेलुका वीर बहादुरले बुवाको पेटमा चक्कु प्रहार गरेर हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए। बुवाको हत्यापछि ती युवा भने भागेको र उनको खोजीमा प्रहरी परिचालन भएको प्रहरी निरीक्षक पाठकले जानकारी दिए। बताए ।

स्थानीयका अनुसार बुवाले कान्छी श्रीमती ल्याएको भन्दै पटक पटक विवाद हुने गरेको थियो । बुवालाई चक्कु प्रहार गरेर वीरबहादुर जंगल तिर भागेको बताइएको छ । हत्याको कारण भने अनुसन्धान पछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार