विदेश पठाउने बहानामा पाँच युवतीलाई बेच्न खोज्ने व्यक्ति नारायणगढबाट पक्राउ

विदेश पठाउने बहानामा पाँच युवतीलाई बेच्न खोज्ने व्यक्ति नारायणगढबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ मंसिर २०८१
  • 2.9K
    Shares

पोखरा, ८ मंसीर २०८१।

वैदेशिक रोजगारीको लागि बिना पैसा विदेश पठाइदिन्छु भनि पाँच युवतीलाई बेच्न खोज्ने एक व्यक्तिलाई प्रहरीले नारायणगढबाट पक्राउ गरेको छ । विदेश पठाउने बहानामा युवतीहरुलाई बेच्न खोज्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ बस्ने ४४ वर्षीय राजु तामाङ भन्ने राजकुमार थिङलाई चितवन प्रहरीले पक्राउ गरेको हो ।

विभिन्न स्थानका युवतीहरुलाई नारायणगढमा भेला पारी सुनौली जाने बसमा चढाउन लागेको बेला अभियुक्त थिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गौतम मिश्रले बताए ।

‘निज अभियुक्तले युवतीहरुको पासपोर्ट संकलन गरी भिसा लगाउनको लागि भारत पठाएको छु । उतैबाट विदेश जानुपर्छ भनि युवतीहरुलाई लैजान लागेको थाहा भएपछि पक्राउ गरिएको हो’, मिश्रले भने ।

अभियुक्तले आफुहरुलाई बेच्न लैजान लागेको थाहा भएपछि युवतीहरुले आफन्तहरु मार्फत प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नारायणगढको पुलचोकबाट युवतीहरुको उद्धार गरी अभियुक्तलाई नियन्त्रणमा लिएको हो ।

युवतीहरुको संरक्षणका लागि सुरक्षित गृहमा पठाइएको प्रहरी प्रमुख मिश्रले जानकारी दिए । अभियुक्त थिङलाई मानव बेचबिखन तथा ओसारपसार मुद्धामा चितवन जिल्ला अदालतबाट चार दिनको म्याद लिएर आवश्यक अनुसन्धान गर्ने काम भइरहेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार