पिकअप गाडीमा लोड गरिएको एकसय ८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना चालक पक्राउ

पिकअप गाडीमा लोड गरिएको एकसय ८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना चालक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ मंसिर २०८१
  • 3.6K
    Shares

पोखरा, ८ मंसीर २०८१।

पिकअप गाडीमा लोड गरिएको एकसय ८९ किलोग्राम गाँजासहित सिन्धुलीबाट एक जना चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडी चालक चितवनको गितारनगरका शेरबहादुर लामा रहेका छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका-९ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा शुक्रबार राति बाप्र०३-००१ च२२८० नम्बरको पिकअप गाडीमा लुकाइराखेको गाँजासहित लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उक्त गाडी चितवनबाट हेटौंडा-सिन्धुली हुँदै बर्दिबासतर्फ गइरहेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार