पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल प्रहरी नियन्त्रणमा

पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल प्रहरी नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ७ मंसिर २०८१
  • 2.8K
    Shares

पोखरा, ७ मंसीर २०८१।

पोखरामा स्वरुप परिवर्तन गरी चलाइएका २३ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अवस्था ठिक नरहेका र चर्को आवाज निकाली ध्वनि प्रदुषण गर्ने सवारी साधानलाई नियन्त्रणमा लिएको हो ।

मंसिर एक गतेदेखि सात गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकोे संयुक्त टोलीले सवारी साधन चेकजाँच गर्दा स्वरुप परिवर्तन गरी चलाइएका २३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

उनले नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक कारवाहीका लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको बताए ।

साथै प्रहरीले स्वरुप परिवर्तन गरी ध्वनि प्रदुषण हुने गरी मोटरसाइकल नचलाउन सबैमा आग्रह गरेको छ । यदि चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन नम्बरमा सूचना दिनको लागि अनुरोध छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार