पोखरा, ७ मंसीर २०८१।
रसुवामा करीब दुई किलो सुनसहित एक युवा पक्राउ परेका छन्। जिल्लाको गोसाईकुण्ड गाउपालिका वडा नम्बर ३ ब्रीद्धीम बस्ने वर्ष ३४ का कर्मा सोनाम लामा करीब दुई किलोसहित पक्राउ परेका हुन्।
कालिका गाउपालिका वडा नम्बर १ ग्राङमा गरिएको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा लामालाई उक्त परिमाणको सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ।
सुनसहित पक्राउ परेका लामालाई आबश्यक अनुसन्धानका लागि रसुवा भंसार कार्यालय टिमुरे, रसुवामा बुझाईएको प्रहरीले जनाएको छ।