दक्षिण कोरियाद्वारा छजना नेपालीलाई देशबाट निष्काशन

दक्षिण कोरियाद्वारा छजना नेपालीलाई देशबाट निष्काशन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ मंसिर २०८१
  • 3.4K
    Shares

पोखरा, ४ मंसीर २०८१।

रोजगारीका लागि आकर्षक मानिएको देश दक्षिण कोरियाले छ जना नेपालीलाई देशबाट निष्काशन गरेको छ। आफ्नो देशको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले ६ नेपालीलाई निष्काशन (डीपोर्ट) गरेको हो ।

समाचार समाचार स्रोतका अनुसार , निष्काशन गरिनेहरूमा लक्ष्मण महत, दिलु राना मगर, सुरज भट्टराई, वीरबहादुर मल्ल, आशिष थापा र विशाल मुकारुङ रहेका छन्। उनीहरूलाई शुक्रबार र शनिबार गरी नेपाल फिर्ता पठाइएको थियो।

उनीहरूलाई थाइ एयरवेज, कोरियन एयरलायन्स र क्याथे प्यासफिक एयरलायन्सबाट नेपाल फिर्ता पठाइएको थियो।

पछिल्लो समय दक्षिण कोरिया सरकारले त्यहाँका विदेशी कामदारहरूको निगरानी गर्दै आएको छ। अध्यागमन कानुन विपरीत विदेशी कामदारहरू प्रवेश हुने क्रम नरोकिएपछि दक्षिण कोरिया सरकारले कडाइ गरेको हो। इपीएसमार्फत दक्षिण कोरियामा हजारौं नेपाली कामदार कार्यरत छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार