पोखरा, २ मंसीर २०८१।
नेकपा माओवादी केन्द्र कास्की संयोजक विश्वप्रकाश लामिछाने चुनिएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीको शुक्रबार बसेको पूर्ण बैठकले उनलाई कास्की संयोजक बनाउने निर्णय गरेको हो ।
नेता लामिछानेलाई जिल्ला संयोजक बनाउन कास्की इन्चार्ज रामजीप्रसाद बरालले सिफारिश गरेका थिए भने पार्टी बैठकमा गण्डकी कमिटी अध्यक्ष गायत्री गुरुङले गरेको प्रस्तावलाई सर्वसम्मत तरीकाले अनुमोदन गरेको प्राप्त समाचारमा जनाइएको छ। लामिछाने पार्टीको पोखरा महानगर कमिटीका निवर्तमान अध्यक्ष एवं गण्डकी प्रदेश सचिवालय सदस्यसमेत हुन् ।
बैठकमा पार्टीका गण्डकी प्रदेश इञ्चार्ज दीननाथ शर्मा, सहइञ्चार्ज हरि अधिकारी (कुमार) लगायतको उपस्थिति थियो । यस्तै, पार्टीका प्रदेश कार्यालयका सदस्य, गण्डकीका ११ वटै जिल्लाका जिल्ला इञ्चार्ज तथा गण्डकी प्रदेश कमिटीका पदाधिकारीसमेत उपस्थिति थिए ।