पोखरामा चोरेर काठमाण्डौमा बसेका स्याङजाका एक युवासहित दुई जना समातिए

पोखरामा चोरेर काठमाण्डौमा बसेका स्याङजाका एक युवासहित दुई जना समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ मंसिर २०८१
  • 8.2K
    Shares

पोखरा, २ मंसीर २०८१। पोखरामा चोरेर भागेका दुई जना युवा काठमाण्डौमा लुकेर बसेको अवस्थामा समातिएका छन्।

पोखरा महानगरपालिका वडा नम्बर नं.१२ शितलादेवीस्थित रामकुमार ढकालको घरमा चोरी गरेर भागेका दुई युवा काठमान्डौको बोहोराटारबाट समातिएका हुन्।

स्याङजाको आँधीखोला गाउँपालिका वडा नं. ६ घर भई हाल काठमाण्डौ महानगरपालिकाको वडा नम्बर १६ बोहराटारमा बस्दै आएका बर्ष ३५ को पुष्प नारायण ढकाल र सोही ठाउँ बस्ने खोटाङको रुपाकोट मझुवागढी गाउँपालिका वडा नम्बर १२ घर भएका बर्ष २७ का राजन राईलाई पोखराका ढकालको घरमा चोरी गरेको आरोपमा गएको शुक्रबार पक्राउ गरिएको वडा प्रहरी कार्यालय रामबजार पोखराले जानकारी दिएको छ।

अभियुक्तहरु ढकाल र राइले गएको असोज २६ गते राती पोखरा १२ शितलादेवीस्थित रामकुमार ढकालको घरमा चोरी गरेर भागेको प्रहरीले अभियोग लगाएको छ। उनीहरुलाई काठमाण्डौको बोहोराटारमा लुकिछिपी बसिरहेको अवसथामा वडा प्रहरी कार्यालय रामबजार कास्की तथा प्रहरी वृत्त बालाजु काठ्माडौंको संयुक्त्त प्रहरी टोलीले पक्राउ गरेको प्राप्त समाचारमा उल्लेख छ।

उक्त चोरी सम्बन्धमा आबश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार