पोखराको रामबजारस्थित एन.एम.वि.बैंकको एटिएम फोड्न खोज्ने युवा पक्राउ

पोखराको रामबजारस्थित एन.एम.वि.बैंकको एटिएम फोड्न खोज्ने युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ मंसिर २०८१
  • 4.9K
    Shares

पोखरा, २ मंसीर २०८१।

पोखरा महानगरपालिका वडा नम्बर १० रामबजारस्थित एन.एम.वि.बैंकको एटिएम मध्यराती फोड्न खोज्ने एक युवा पक्राउ परेका छन्।

धादिङ मुडाथुम न.पा.वडा नं.७ घर भई हाल पोखरा म.न.पा.वडा नं.२९ पट्नेरी बस्ने वर्ष ३२ को गोपाल दाहाल शुक्रबार मध्यराती एन.एम.वि.बैंकको रामबजारस्थित एटिएम मेशिन फोड्ने प्रयास गरेको आरोपमा पक्राउ परेका हुन्।

अभियुत्क दाहाललाई वडा प्रहरी कार्यालय रामबजार पोखराबाट खटिएको प्रहरी टोलीले स्थानीय मन्दिरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

अभियुक्त दाहलबिरुद्ध आबश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार