भक्तपुरमा ९४ वर्षीया वृद्धाको हत्या : मुखमा कपडा कोचिएको अवस्थामा आफ्नै घरमा भेटियो शब्

भक्तपुरमा ९४ वर्षीया वृद्धाको हत्या : मुखमा कपडा कोचिएको अवस्थामा आफ्नै घरमा भेटियो शब्


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ कार्तिक २०८१
  • 3.9K
    Shares

मृत महिला, dead woman

पोखरा,२९ कार्तिक २०८१।

भक्तपुरमा बुधबार साँझ एक वृद्धाको हत्या भएको छ। भक्तपुर नगरपालिका-३ स्थित नासमनामा ९४ वर्षीया विष्णुकुमारी त्वायनाको हत्या भएको हो ।

उनलाई आफ्नै घरमा खुट्टा डोरीले बाँधेर मुखमा कपडा कोचेर हत्या भएको अवस्थामा प्रहरीले बुधबार राति फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

बिहान तरकारी किनेर घर गएकी विष्णुकुमारी दिनभरि पनि घरबाहिर ननिस्केपछि साँझ आफन्तले घरमा हेर्न जाँदा मृत अवस्थामा फेला पारेपछि प्रहरीलााई खबर गरेका थिए।​

वृद्धा महिला घरमा एक्लै भएको मौका छोपेर चोरी गर्ने उद्देश्यले हत्या भएको हुन सक्ने स्थानीयको अनुमान छ । यद्यपि, प्रहरीले हत्या सम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधवप्रसाद घिमिरेका अनुसार घटना के-कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

घटनास्थल भक्तपुर दरवार क्षेत्रको ३ सय मिटर उत्तरमा पर्छ। मृतक विष्णुकुमारीको शवलाई पोशमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार