पोखरा,२९ कार्तिक २०८१।
चर्चित झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिएको मोटरसाइकलका चालकको मृत्यु भएको छ भने उनको श्रीमतीको आइसियुमा उपचार भैरहेको छ।
चर्चित झाँक्री भुजेलले चलाएको बा१९च २६९५ नम्बरको कारले ठक्कर दिएको बा.प्र-०२-०१८ प ६८७५ नम्बरको मोटरसाइकल चालक कागेश्वरी मनोहरा २ आलापोट बस्ने ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको हो ।
भुजेलेको गाडीले ब्रम्हखेल पुलनजिक उक्त मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए। दुर्घटनामा घाइते नारायण नगरकोटिको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो । मोटरसाइलको पछाडि बसेकी मृतक नगरकोटिका श्रीमती किसानुमाया नगरकोटी भने घाइते छिन् । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना गराएर फरार भएका झाँक्री प्रकाश भुजेलले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।