चर्चित झाँक्री प्रकाश भुजेलले प्रहरीसमक्ष गरे आत्मसमर्पण

चर्चित झाँक्री प्रकाश भुजेलले प्रहरीसमक्ष गरे आत्मसमर्पण


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ कार्तिक २०८१
  • 4.8K
    Shares

पोखरा,२८ कार्तिक २०८१।

झाँक्री प्रकाश भुजेलले काठमाण्डौको बौद्ध प्रहरी वृतमा आत्मसमर्पण गरेका छन्। प्रकाश मानव सेवा आश्रमका संचालक रहेका झाँक्री भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले आज दिउँसो साढे २ बजेतिर काठमाडौंको शंखरापुरस्थित इन्द्रायणी पुल नजिकै ठक्कर दिंदा दुई बालक घाइते भए पछि उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्।

बुधबार बौद्ध बस्ने झाँक्री प्रकाश भुजेलले प्रहरी वृत बौद्धमा आत्मसमर्पण गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

घाइते दुई जना बालकको शंखरापुर अस्पतालमा लगिएको थियो। त्यहाँबाट ग्राण्डी अस्पतालमा रिफर गरिएको छ।
आज दिउँसो साढे २ बजेतिर शंखरापुरको इन्द्रायणी पुल नजिकै बा १९ प २६९५ नम्बरको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार