पोखरा,२६ कार्तिक २०८१।
बागलुङमा पिक अप भ्यान दुर्घटना हुँदा पांच जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते छन् ।
जैमिनी नगरपालिका–८ छिस्ती केवईबाट सदरमुकाम बागलुङ बजारतर्फ जाँदै गरेको ग २ च ९२४७ नम्बरको पिक अप भ्यान सोमबार बिहान करिब १० बजेतिर जैमिनी–७, जैदी र छिस्ती सिमाना नजिकै दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परेर भ्यान चालक बागलुङ जैमिनी–८ छिस्ती केवइका ४१ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ७० वर्षीया नन्दकली पुन, १७ वर्षीय नीरज श्रीष र ७३ वर्षीय कुलप्रसाद श्रीषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सोही दुर्घटनामा परेर कुलप्रसादका ४५ वर्षीय छोरा गंगाबहादुर घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ ।
उक्त जिप सडकदेखि करिब ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जैमिनी नगरपालिका वडा ८ का वडाध्यक्ष विमल श्रीषले जानकारी दिए ।
