मित्र मिलन सहकारी ठगी प्रकरण : उपाध्यक्ष लम्साल कारागार चलान

मित्र मिलन सहकारी ठगी प्रकरण : उपाध्यक्ष लम्साल कारागार चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ कार्तिक २०८१
  • 4.3K
    Shares

पोखरा,२५ कार्तिक २०८१।

मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका उक्त सहकारीका उपाध्यक्ष विजय लम्साल कारागार चलान भएका छन्।

जिल्ला अदालत कास्कीका जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलाशले आज सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका उपाध्यक्ष लम्साललाई पुर्पक्षमा रहने गरी जेल चलान गर्न आदेश दिए पछि उनी आज कास्की जिल्ला कारागार चलान भएका हुन्।

जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले दिएको जानकारी अनुसार ,महिनौंदेखि फरार रहेका लम्साललाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा २ अर्चलबोटस्थित ससुरालीघरबाट चारदिन अघि पक्राउ गरेको थियो ।

उक्त सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल र पत्रकार अर्जुन गिरी यसअघि नै अदालतको आदेश बमोजिम कास्की कारागारमा थुनामा रहेका छन् भने कानुन व्यवसायी जनकल्याण पराजुली धरौंटी बुझाएर जिल्ला अदालत कास्कीबाट तारेखमा रिहा भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार