बागलुङमा एक युवा दम्पत्ति मृत अवस्थामा भेटिए

बागलुङमा एक युवा दम्पत्ति मृत अवस्थामा भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ कार्तिक २०८१
  • 213.8K
    Shares

पोखरा,२४ कार्तिक २०८१।

बागलुङमा एक दम्पत्ति मृत अवस्थामा भेटिएका छन्।

जिल्लाको बडिगाड गाउँपालिका–१० निगलपानीका २२ वर्षीय जीवन परिवार र उनकी श्रीमती १९ वर्षीया सन्ध्या परियार आफ्नै घरमा मृत भेटिएका हुन् ।

उनीहरुको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ। तर मृत भेटिएका दम्पत्तिसंगै खाँदा खाँदैको खाना पनि बाँकी रहेको देखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए। शव उठाएर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षणका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ।

पोखरामा काम गर्दै आएका जीवन केही दिन अघि मात्र घर गएका थिए। दुई वर्ष अगाडि विवाह गरेको परियार दम्पतीको एउटा छोरी रहेको प्राप्त जानकारीमा उल्लेख छ। सांकेतिक चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार