पोखरा,२३ कार्तिक २०८१।
तनहुँमा एक व्यक्तिले आफ्नै श्रीमतीको बन्चरोले हानेर हत्या गरेका छन्। जिल्लाको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले ३९ वर्षीया श्रीमती प्रतिक्षा श्रेष्ठको बिहिबार बन्चरोले हानेर हत्या गरेका छन् ।
बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
श्रीमती प्रतिक्षाको मृत्यु भए पछि प्रहरीले उनको हत्या आरोपमा ओमनारायण श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।