डडेल्धुरामा ड्युटीमा रहेका प्रहरी सहायक हवल्दार नै कुटिए, पांच जना पक्राउ

डडेल्धुरामा ड्युटीमा रहेका प्रहरी सहायक हवल्दार नै कुटिए, पांच जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ कार्तिक २०८१
  • 5.1K
    Shares

पोखरा,२२ कार्तिक २०८१।

डडेल्धुरामा प्रहरीमाथि नै कुटपिट भएको छ। ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार थानेश्वरप्रकाश पन्तमाथि कुटपिट गरिएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका- ४ बस्ने २२ वर्षीय रोहित सार्कीले चलाएको भारतीय गाडीलाई डडेल्धुराक अमरगढी- ५ बागबजार पोष्टमा चेकजाँचका लागि रोकिएको थियो। `चेकजाँच गर्ने क्रममा सोही भारतीय गाडीमा सवार अजयमेरु-४ बस्ने २८ वर्षीय बिनोद बैज लगायत ५ जनाले हातपात गरेका रहेछन्,´ उनले भने, `हातपातपछि प्रहरी सहायक हवल्दार पन्तको टाउको पछाडिको चोट लागेको छ। ´

इन्सपेक्टर बमका अनुसार भारतीय गाडी चालक रोहित सार्की र विनोद बैजलाई घटनास्थलबाटै पक्राउ गरिएको छ भने घटनामा संलग्न अन्य तीन जनाको खोजी गर्ने क्रममा अजयमेरु- ४ चिपुर बस्ने २६ वर्षीय पदम चटौतलाई उनकै घरबाट, २३ वर्षीय सुवास बोहरा र २७ वर्षीय जित ऐरलाई अमरगढी-५ बागबजारबाट पक्राउ गरिएको छ।

उनीहरूलाई सार्वजनिक सुरक्षा हित, स्वास्थ्य र नैतिक विरुद्धको अपराधमा ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइते प्रहरीको उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार