पोखरा,२१ कार्तिक २०८१।
दुई नाल भरुवा बन्दुक र बिष्फोटक पदार्थ बारुदसहित सहित कैलालीबाट एक जना बृद्ध पक्राउ परेका छन। जिल्लाको गोदावरी नगरपालिका वडा नं. ४ तखरेगाउँ बस्ने ६५ वर्षीय लालबहादुर बुढामगर अबैध दुई नाल भरुवा बन्दुकसहित पक्राउ परेका छन। अभियुक्त बुढामगरलाई मंगलबार दिउसो पाउने तीन बजेको समयमा अस्थायी प्रहरी पोष्ट गोदावरीबाट खटिगएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीले चैतडा सामुदायिक जंगलको खाल्सोमा बुढामगरले लुकाई-छिपाई राखेको अवस्थामा दुई नाल लोड गरेको भरूवा बन्दुक, सोही बन्दुक नजिकै रहेको कालो रङको झोला भित्र चार ओटा फलाम र चार ओटा सिसाको गोली गरी जम्मा आठ ओटा गोली र अन्दाजी १००/२०० ग्राम बारुदसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
अभियुक्त बुढामगर लाइ हाल ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।