पोखरा,२० कार्तिक २०८१।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको खिल्जी र असुरकोटको संगमस्थल जयठाँटीमा भएको बस दुर्घटनामा मृत्यु भएका दुई र ३६ जना घाइतेहरुको पहिचान खुलेको छ।
जयठाटीमा सोमबार साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ब्रेक फेल भएको ना ३ ख २४७१ नम्बरको यात्रुवाहक बसले किच्दा ढाकाबाङ २ कि ७२ बर्षिया रुनी खनालको घटनास्थलमै र २२ बर्षिया तारा श्रेष्ठको उपचारको क्रममा अर्घाखाँची जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
उक्त दुर्घटनमा घाइते भएका ३६ जनामध्ये १० जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ। १ जनालाई अर्घाखाँची अस्पतालमा सामान्य उपचारपछि घर फर्काइएको छ। बाँकी घाइतेहरूको अर्घाखाँची अस्पतालमै उपचार भइरहेको छ।
उक्त अनियन्त्रित बसले लु.३.च.५२११ नं.को बलेरो जिप, लु.१.ज ४१५९ नं.को ट्याक्सी, लु.९५.प १४६५ नं.को मोतरसाइकललाई ठक्कर दिई ३ वटैमा क्षति पुर्याएको प्रहरीले जानकारी दिएको छ।
बसले भैलो खेलिरहेकाहरूलाई सोहोरेर लगेपछि त्यहाँ कोकोहोलो मच्चिएको थियो।
घाइते हुनेहरूको विवरण यसप्रकार छ-
घाईते हुनेहरुमा:-
१ ) खिल्जी निवासी ३८ बर्षिया यमुना थापा
२ )असुरकोट निवासी १२ बर्षिया रोजिना परियार
३ )असुरकोट निवासी ९ बर्षिया अन्सिला सुनार
४ )खिल्जी निवासी १८ बर्षिया बिन्दु परियार
५ )खिल्जी निवासी १८ बर्षिया बिन्दु परियार
६ )खिल्जी निवासी ४१ बर्षिया इश्वरी गैरे भुसाल
७ )खिल्जी निवासी १८ बर्षिया शर्मिला मुखिया
८ )खिल्जी निवासी १२ बर्षिया जुना परियार
९ )खिल्जी खामारीबास निवासी ३८ बर्षिया जुना थापा
१० )खिल्जी निवासी ७२ बर्षिय प्रेम बहादुर श्रेष्ठ
११ )असुरकोट निवासी ३४ बर्षिया नवराज श्रेष्ठ
१२ )असुरकोट निवासी ४९ बर्षिया शुष्मा घर्ति
१३ )असुरकोट निवासी ५ बर्षिय रबिन्द्र श्रेष्ठ
१४ )खिल्जी निवासी २९ बर्षिय गोपाल थापा
१५ )खिल्जी निवासी २३ बर्षिय जिबन घर्ति
१६ )माछा मारे निवासी २१ बर्षिया कबिता पुन
१७ )निवाकोट निवासी ४४ बर्षिया रुपा श्रेष्ठ
१८ )सन्धिखर्क नपा २ भक्तिटोला निवासी गीता भाट- बुटवल रिफर
१९ )प्युठान ऐरावती गा.पा.९ बुजुली निवासी १७ बर्षिया बिमला नेपाली
२० )६० बर्षिया सुमित्रा थापा
२१ )प्युठान मलारानी गा.पा २ खैरेनीडाँडा निवासी २२ बर्षिय बिक्रम पुन
२२ )१७ बर्षिय पर्वत राना
२३ )भुमिकास्थान ५ निवासी ६० बर्षिया उम्कला पुलामि मगर
२४ )भुमिकास्थान ६ निवासी २९ बर्षिय बिष्णु पाण्डे
२५ )जिल्ला प्युठान ऐरावती गा.पा ६ सिमलचौर निवासी ४० बर्षिया सिता नेपाली
२६ )भु.न.पा ६ खिल्जी निवासी ११ बर्षिया अनुपा खण्डनी
२७ )असुरकोट निवासी ६० बर्षिया पवित्रा घर्ति मगर
२८ ) ११ बर्षिया की आईस्मा पुलामीको खुट्टामा चोट
२९.जिल्ला प्युठान मललरानी गा.पा २ खरेनीडाँडा निवासी १९ बर्षिय नविन पुन
३०.२० बर्षिय हिमाल पौडेल
३१.२२ बर्षिय श्रीधर के.सी
३२.भु.न.पा ६ खिल्जी निवासी ३५ को प्रकाश बेल्बासे
३३.१८ बर्षिया की बिन्दु परियार
३४. १८ बर्षिया की स्मृति बेल्बासे
३५.भुनपा ४ फलामखिल्जी निवासी ३१ बर्षिय रवि रेस्मी
३६जिल्ला प्युठान मलारानी गा.प २ चुजाँठाटी निवासी १८ बर्षिय को बविन राना