‘ब्रेक फेल’ भएको बसले किच्दा अर्घाखाँचीमा देउसीभैलो खेलिरहेका एक जनाको घटनास्थलमै मृत्यु, आठ जना घाइते

‘ब्रेक फेल’ भएको बसले किच्दा अर्घाखाँचीमा देउसीभैलो खेलिरहेका एक जनाको घटनास्थलमै मृत्यु, आठ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ कार्तिक २०८१
  • 9.4K
    Shares

‘ब्रेक फेल’ भएको बसले किच्दा अर्घाखाँचीमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्।

‘ब्रेक फेल’ भएको ना ३ ख २४७१ नं को बसले अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजे देउसीभैलो खेलिरहेको समूहलाई किच्दा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएका र एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए। घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको र घटनाको अनुसन्धान भइरहेको मल्लले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार