पोखरा,१८ कार्तिक २०८१।
तनहुँमा एक मजदुरले अर्को मजदुरको हत्या गरेका छन्। विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिको काम गर्ने एक मजदुरले आफूसंगै काम गर्ने अर्का मजदुरको हत्या गरेका हुन्।
व्यास नगरपालिका–१० देखि ७ जोड्ने पराशर मार्गमा काम गर्ने भक्तपुरका विशाल थापाले शनिबार साँझ आफूसंगै काम गर्ने नुवाकोटका ४७ वर्षीय दिलीप तामाङको चक्कु प्रहार गरी हत्या गरेको रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए ।
“सामान्य विवाद हुँदा गालीगलौज भएपछि खाना बनाउने क्रममा तामाङमाथि चक्कु प्रहार भएको” देखिएको प्रहरी निरिक्षक पासवानको भनाई छ।
प्रहरीले चक्कु प्रहारमा सङ्लग्न भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।