पटाका पड्काउने क्रममा पटाकाको छर्रा लागेर दैलेखमा १३ वर्षीय बालकको निधन

पटाका पड्काउने क्रममा पटाकाको छर्रा लागेर दैलेखमा १३ वर्षीय बालकको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ कार्तिक २०८१
  • 6.4K
    Shares

दुल्लु अस्पताल , दैलेख

पोखरा,१३ कार्तिक २०८१।

के हाम्रा छोराछोरीलाई तिहारको रमाइलो गर्ने भन्दै जथाभाबी पटाका पड्काउँ दिइरहेका त छैनौं ? यदि त्यसो गरेका छौं भने, सचेत बनौँ है। नत्र दैलेखका भीम कठायतले झैं जिन्दगी भर पछुताउनु पर्ला नि।

तिहारको रमाइलो गर्ने नाममा “रकेट बम” नामको पटाका पड्काउने क्रममा पटकाको छर्रा लागेर दैलेख जिल्ला आठबिस नगरपालिका ३ साई गाउँ निवासी श्री.भिम कठायतको १३ वर्षीय छोरा भुपेन्द्र कठायतको निधन भएको प्रहरीले जानकारी दिएको छ।

पटाकाको छर्रा दायाँ छातीमा लाग्दा गम्भीर घाइते भएका बालकको उपचारका क्रममा बताइएको छ।

यस घटनाबाट सबै आमाबुबा सचेत हुनु आबश्यक छ। त्यसैले आ-आफ्नो साना नानी बाबुहरुलाई एकचोटि रमाइलोको लागि यी पटकाजन्य चिजहरु पट्काउन नदिन सचेत हुनु आबश्यक छ।

प्रतिक्रिया
सम्बन्धित समाचार