पोखरा,११ कार्तिक २०८१।
नवलपुरमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । जिल्लाको देवचुली नगरपालिका वडा नं-२, दुम्कौली निवासी २८ वर्षीय धनमाया राजवंशीले जंगलबाट ल्याएको जंगली च्याउ खाँदा उनको परिवारका पाँच जना बिरामी परेका हुन् ।
इलाका प्रहरी कार्यालय रजहरका अनुसार दुम्कौली निवासी २८ वर्षीय धनमाया राजवंशीले जंगलबाट ल्याएको च्याउ खाने क्रममा गए राति एकै परिवारका पाँच जना बिरामी परेका हुन् ।
जंगली च्याउ खाएर देवचुली २ निवासी २६ वर्षीय मदन राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, ९ वर्षीय रिदिमा राजवंशी, ४८ वर्षीय बाबुलाल राजवंशी र ४६ वर्षीया रनमाया राजवंशी बिरामी भएका इलाका प्रहरी कार्यालय रजहरले जानकारी दिएको छ। उनीहरुको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।