जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान कार्की डेराकोठामा मृत भेटिए

जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान कार्की डेराकोठामा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ कार्तिक २०८१
  • 4.1K
    Shares

प्रहरीको शब

पोखरा,११ कार्तिक २०८१।

जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ३१ वर्षीय योगेन्द्रकुमार कार्की डेराकोठामा मृत भेटिएका छन्।

संखुवासभाको मादी नगरपालिका–१ घर भएका प्रहरी जवान कार्की विराटनगर महानगरपालिका–१ शान्ति चोकस्थित डेराकोठामा शनिबार राति ८ः१० बजे मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङमै कार्यरत कार्कीकी श्रीमती इन्दु थापाले छुट्टी भएर कोठा पुग्दा भित्र बच्चा रोइरहेको र ढोका बन्द रहेको देखेर प्रहरीलाई खबर गरेकी मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। त्यसपछि घटनास्थलमा पुगेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया नेतृत्वको प्रहरी टोलीले जवान कार्की डेराकोठामा भित्रबाट ढोका ‘लक’ गरी पंखाको हुकमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ।

घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब दुईसय मिटर उत्तरमा पर्छ । शवको पोस्टमार्टम गरेर अनुसन्धान अघि बढाएपछि घटनाको कारण प्रष्ट हुने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार