पोखरा,१० कार्तिक २०८१।
पोखराको न्युरोडमा चोरी गरेको आरोपमा दुई जना गोर्खाली पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडस्थित भिम बहादुरको कोठाबाट स्सुन्को सिक्री लगायतका सामाग्री चोरी गरेको आरोपमा दुई जना गोर्खाली पक्राउ परेका हुन।
पक्राउ पर्नेमा गोरखा जिल्लाको भिमसेन गाउपालिका वडा नं.६ स्थायी घर भै हाल पोखरा महानगरपालिका वडा नं १५ घलेचोक बस्ने वर्ष ३९ को राम बहादुर नेपाली र सोहि ठाउँकी वर्ष २६ की गोमा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
उनीहरुले भिम बहादुरको न्युरोडस्थित कोठाबाट कार्तिक १ गते सुनको सिक्री १ थान, EDIFICE CASIO लेखिएको घडी १ थान र नगद समेत चोरी गरेको प्रहरीले आरोप लगाएको छ।
प्रहरीले उनीहरुको साथबाट दुई टुक्रा पारिएको अवस्थाको सुनको सिक्री १ थान, EDIFICE CASIO घडी १ थान र विभिन्न कम्पनीका मोवाईल थान ३ समेत बरामद गरेओ प्राप्त समाचारमा अजनाइएको छ।
पक्राउ परेका दुवै जना अभियुक्तहरुबिरुद्ध प्रहरीले चोरी सम्बन्धी कसूरमा अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।