नुहाउने क्रममा दाङमा एकैसाथ तीन स्कुले छात्राको डुबेर मृत्यु

नुहाउने क्रममा दाङमा एकैसाथ तीन स्कुले छात्राको डुबेर मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 19K
    Shares

पोखरा,९ कार्तिक २०८१।

दाङको लमही नगरपालिका–२ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर ज्यान गएको छ।

लमही नगरपालिका–२ रनियाँपुर निवासी १२ वर्षीया झरना चौधरी, निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुर घर भएर अहिले लमही नगरपालिका–५ लमही गल्ली बस्ने १२ वर्षीय कृष्टी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता ईश्वर थापाले जानकारी दिए ।

मृतक कृष्टी चौधरीले गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा, झरना राप्ती गाउँपालिकाको पत्थर बढवास्थित रहेको मार्टिन एकेडेमी कक्षा–४ र निशाले सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए।

दिउँसो पौने दुई बजेको समयमा राप्ती नदीमा नुहाउने क्रममा डुबेर उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मृतक बालिकाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा ल्याइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार