राजविराजमा कामदार महिलालाई बलात्कार गरी भिडियो बनाएर धम्क्याउने रेष्टुरेण्ट सञ्चालक पक्राउ

राजविराजमा कामदार महिलालाई बलात्कार गरी भिडियो बनाएर धम्क्याउने रेष्टुरेण्ट सञ्चालक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ कार्तिक २०८१
  • 4K
    Shares

पोखरा,८ कार्तिक २०८१।

सप्तरीको राजविराजमा काम गर्न राखेकी महिलालाई बलात्कार गरी भिडियो बनाएर धम्क्याएको आरोपमा एक रेस्टुरेन्ट सञ्चालक पक्राउ परेका छन्।

राजविराज नगरपालिका– ४ को ‘तन्दुरी रेष्टुरेन्ट’ का संचालक २८ वर्षीय आकाश आदर्श भनिने आकाश साह हलुवाईलाई प्रहरीले पक्राउ गरेको हो।

उनले आफनै रेस्टुरेन्टमा काम गर्ने महिलालाई बलात्कार गरी भिडियो बनाएर सोही भिडियो देखाउँदै पटक–पटक यौन हिँसा गरेको प्रहरीको आरोप छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्र बस्नेतका अनुसार विरामी भएर आफनै कोठामा आराम गरिरहेकी महिलालाई आकाशले मुख थुनेर बलात्कार गरेको खुलेको छ। ‘सन्चो नभएपछि आफ्नै कोठामा सुतिरहेकी थिए। करिव ९ बजे ढोका ढक्ढक्याएपछि मैले चुकुल खोलेँ’ महिलाले प्रहरी समक्ष भनेकी छिन्–‘ढोका खुल्नासाथ मेरो मुख हातले थुनेर धाकधम्की दिँदै बलात्कार गरे।’

बलात्कार गरेको भिडियो मोबाइलमा खिचेर ‘सामाजिक सञ्जालमा भाईरल गरी दिन्छु’ भन्दै पटक–पटक बलात्कारको प्रयास गरेको उनले बताएकी छिन्। आकाशले उक्त भिडियो आफनो ह्वाट्एपमा पनि पठाएको महिलाको भनाई छ।

पीडित महिलाको उजुरीपछि जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले आकाशलाई उनको घर राजविराज–६, थानगाछीबाटै पक्राउ गरेको हो। घट्नाको अनुशन्धान भईरहेको डीएसपी वस्नेतले वताए।

प्रतिक्रिया
सम्बन्धित समाचार