टिकौली दुर्घटना अपडेट : खुल्यो मृतक र घाइतेको विवरण

टिकौली दुर्घटना अपडेट : खुल्यो मृतक र घाइतेको विवरण


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ कार्तिक २०८१
  • 5.6K
    Shares

पोखरा,७ कार्तिक २०८१।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा गएराति दुई वटा ट्रक र एउटा ट्यांकर आपसमा ठोक्किँदा मृत्यु भएका एक जनाको सनाखत भएको छ भने घाइते दुई जनाको अस्पतालमा उपचार भैरहेको छ।

मंगलवार राति ११ः२० बजेको समयमा टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको लोड ट्रक र नारायणगढबाट टांडीतर्फ जाँदै गरेको ना८ख ८६७४ नम्बरको खाली ट्याङकर एक आपसमा ठोक्किएकोमा उक्त ट्याङकरलाई पछाडिबाट ना६ख ४६२४ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

उक्त तीन वटा सवारी साधन आपसमा ठोक्किँदा मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको ट्रक चालक मकवानपुरगढी गाउँपालिका–२ बस्ने अन्दाजी २६ वर्षीय अनिश स्याङतानको राति ११ः५५ बजे मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

मृतकको शव भरतपुर अस्तपालको शव गृहमा राखिएको छ । सोहि ट्रकका सह चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–२ बस्ने २३ वर्षीय आशिष स्याङतान मध्यम घाइते भई भरतपुर अस्पतालमा उपचाररत छन् भने ना८ख ८६७४ नम्बरको ट्याङकर चालक मकवानपुर हेटौंडा–१९ नेवारपानी बस्ने बर्ष ३६ को सुदिप तामाङ गम्भिर घाइते भई चितवन मेडिकल कलेजमा उपचाररत रहेको रिजालले बताए ।ना६ख ४६२४ नम्बरको ट्रक चालक धादिङ गजुरी गाउँपालिका–२ बस्ने बर्ष ३७ को दिपक रोक्कालाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार