पोखरामा आन्दोलनरत रास्वपा सांसदहरुबिरुद्ध काठमान्डौ प्रहरीमा राजद्रोहसम्बन्धी उजुरी

पोखरामा आन्दोलनरत रास्वपा सांसदहरुबिरुद्ध काठमान्डौ प्रहरीमा राजद्रोहसम्बन्धी उजुरी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ कार्तिक २०८१
  • 5.9K
    Shares

राष्ट्रिय स्वतन्त्र पार्टी सांसद डिपी अर्याल , सुमना श्रेष्ठ , डा. स्वर्णिम वाग्ले , डा. तोशिमा कार्की , हरि ढकाल

पोखरा,६ कार्तिक २०८१।

वर्तमान केपी शर्मा ओली सरकार सत्ताच्युत गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरु पोखरामा आन्दोलन गरिरहेका बेला उनीहरुविरुद्ध काठमान्डौ प्रहरीमा राजद्रोहसम्बन्धी उजुरी परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु डोलप्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले, हरि ढकाल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, डा. तोसिमा कार्की, गणेश पराजुली, मनिष झा र सन्तोष परियारविरुद्ध राजद्रोहसम्बन्धी जाहेरी परेको हो । उनीहरुविरुद्ध युवराज पौडेल ‘सफल’ ले जाहेरी दिएका हुन् ।

सहकारी ठगीसम्बन्धी छानविन गर्न बनेको संसदीय विशेष समितिको सिफारिसमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि उनीहरुले सरकार र अदालतले गर्ने काम कारबाहीमा अवरोध गरेको, सरकारले गरिरहेको अनुसन्धानमा भाँजो हालेर प्रभावित पार्न खोजेको, लामिछानेको पक्राउविरुद्ध आन्दोलनमा उपस्थित हुन उर्दी जारी गरेको, अनुसन्धानलाई निष्प्रभावी बनाउन खोजेको जाहेरवालाको दाबी छ ।

उनीहरुले मुलुकी अपराध संहिता–२०७४ को दफा ५० राजद्रोहसम्बन्धी व्यवस्थाको उपदफा ३ बमोजिम कसुर गरेकाले सोही दफाको उपदफा ४ बमोजिम ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना मागदाबी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार