पोखरा,६ कार्तिक २०८१।
कपिलवस्तुबाट स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रुपैयाँसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्लाको कृष्णनगर नगरपालिका २ लिङ्गेटबाट स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रुपैयाँसहित भारतीय नागरिकहरु महाराष्ट्र प्रदेशको राइगट जिल्ला मुम्बई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र सोही ठाउँका उमेश सखाराम खंडागले पक्राउ परेका हुन्।
नियमित जाँचको क्रममा सोमबार राति करिब ९ बजे भारतबाट नेपाल आउँदै गरेका दुई वटा गाडीबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए।
यूपी ४५ एएस ६६६३ नम्बरको भारतीय गाडीबाट आठ लाख र यूपी ४२ डीटी ५७२१ नम्बरको गाडीबाट १२ लाख ५० हजार रकम बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
गाडीमा भेटिएको रकमको कुनै वैध स्रोत नखुलेपछि प्रहरीले तुरुन्तै उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।