पर्यटक बसमा पोखरा आउंदै गरेका दुई युवा लागू औषधसहित तनहुँमा पक्राउ

पर्यटक बसमा पोखरा आउंदै गरेका दुई युवा लागू औषधसहित तनहुँमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ कार्तिक २०८१
  • 4.5K
    Shares

पोखरा,५ कार्तिक २०८१।

स्याङ्जाका एक युवासहित दुई जना तनहुँमा पक्राउ परेका छन्। काठमाडौँबाट पोखरा आउँदै गरेको बा१प १३९० नम्बरको पर्यटक बसमा सवार दुई युवा तनहुँमा पक्राउ परेका हुन्।

स्याङ्जा फेदीखोला गाउँपालिका वडा नं ३ का २२ वर्षीय सरोज सुवेदी र कास्की पोखरा महानगरपालिका वडा नं ९ का २० बर्षीय विकास श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार बिहान लागूऔषधसहित पक्राउ प्राप्त समाचारमा जनाइएको छ ।

विशेष सूचना पाएर प्रहरीले आँबुखैरेनी गाउँपालिका वडा नं ४ बेनीटारस्थित पृथ्वीराजमार्गमा सो बस रोकेर चेकजाँच गर्दा उनीहरु लागूऔषधसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी अशोक थापाले जानकारी दिए।

उनीहरुको साथबाट तेलको काटुन भित्र लुकाई छिपाई राखिएको डाएजापाम एकसय ५४, फेनेरागन एकसय ५४ र बुप्रिनोफिन एकसय ५४ गरी चार सय ६२ एम्पुल लागूऔषध बरामद भएको डीएसपी थापाले बताए ।

उनीहरुबिरुद्ध तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी थापाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार