पोखरा,४ कार्तिक २०८१।
स्याङ्जामा सकेट बम पड्किँदा एक जना पूर्व सैनिक घाइते भएका छन् ।
जिल्लाको चापाकोट ननगरपालिका ४ मल्याङ्कोट पुरीगाँउमा सकेट बम बिष्फोट हुँदा स्थानीय बासिन्दा समेत रहेका ४५ वर्षीय गोबिन्द पुरी घाइते भएको वडा न ४ का अध्यक्ष अर्जुन खाँणले जानकारी दिए।
हाल लुम्बिनी मेडिकल कलेज प्रबास पाल्पा उपचाररत पुरीको बाँया आँखाभन्दा मुनि , बाँया खुट्टा र नाईटोभन्दा तल चोट लागेको प्राप्त जानकारीमा उल्लेख छ । पुरीको स्वास्थ्य अवस्था सामान्य रहेको वडा अध्यक्ष खाँणले बताए।
शनिबार साँझ ५ बजे पुरीको तीन तले कच्ची घरको माथिल्लो तलाबाट दोस्रो तलामा पुराना भाडाबर्तनहरू फाल्ने क्रममा अचानक सकेट बम विस्पोट भएको बताइएको छ । उनी दुई वर्षअघि अवकाश भएका थिए ।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले ईलाका प्रहरी कार्यलय चापाकोटले बताएको छ ।