दुर्गा मेला हेर्न गएका युवाको सिरहामा लखेटी-लखेटी हत्या : एक जना पक्राउ

दुर्गा मेला हेर्न गएका युवाको सिरहामा लखेटी-लखेटी हत्या : एक जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० असोज २०८१
  • 6K
    Shares

पोखरा,२९ असोज २०८१।

दुर्गा मेला हेर्न आएका युवालाई लखेट्दै कुटपिट गरी हत्या गरेको आरोपमा सिराहाबाट एक जना युवा पक्राउ परेका छन्। पक्राउ पर्ने युवा जिल्लाको सुखिपुर–७ का १९ वर्षीय सिकिन्दर मुखिया रहेका छन्।

अभियुक्त मुखियाले सोमबार सुखीपुर नगरपालिका–१० ललसैया दुर्गा मन्दिरमा लागेको दुर्गा मेला हेर्न गएका गाोलबजार नगरपालिका–१३, दुर्गापुरका २० वर्षीय कृष्णकुमार महरालाई लखेट्दै घाँटीम धारिलो हतियारले हानि हत्या गरेको प्रहरीको दाबी छ। उनको शब् दुर्गा मन्दिरदेखि पूर्व गागन खोला बगरमा बालुवामा टाउको गाडिएको अवस्थामा भेटिएको थियो।

आपसी रिसइबी रहेकाले उनले हत्या गरेको हुनसक्नने प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार