अबैध लागू औषधसहित पोखराबाट अक्रम मियाँ पक्राउ

अबैध लागू औषधसहित पोखराबाट अक्रम मियाँ पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० असोज २०८१
  • 3.5K
    Shares

पोखरा,२९ असोज २०८१।

अबैध लागू औषधसहित पोखराबाट एक युवा पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नं.१३ स्थित मियाँपाटनबाट अबैध लागू औषधसहित स्थानीय ३७ वर्षीय अक्रम मियाँ पक्राउ परेका हुन्।

मियाँलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले सोमबार मध्यराती पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

मियाले चलाउँदै आएको ग २४ प ५७७९ नम्बरको स्कुटर रोकी चेकजाँच गर्ने क्रममा अबैध लागू औषध नाइट्रोजेपाम एकसय ५० चक्की, विभिन्न कम्पनिका चार थान मोवाईल र नगद ३६ हजार रुपियाँ सहित उनी पक्राउ परेको प्रहरीले दाबी गरेको छ।

अभियुक्त मियाँबिरुद्ध लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतको स्वीकृत अनुमतिले अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार