मुस्ताङको थालेखोलामा कार र मोटरसाइकल ठोक्किए : एकजनाको मृत्यु

मुस्ताङको थालेखोलामा कार र मोटरसाइकल ठोक्किए : एकजनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २९ असोज २०८१
  • 7.1K
    Shares

पोखरा,२९ असोज २०८१।

मुस्ताङको जोमसोमबाट लेतेतर्फ जाँदै गरेको कार र विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल मंगलबार साँझ ठोक्किंदा एक जनाको मृत्यु भएको छ।

ग१च ७६९२ नम्बरको कार र बेनीबाट जोमसोमतर्फ आउँदै गरेको मोटरसाइकल घरपझोङ–३ पुथाङ एअरपोर्ट नजिक ठोकिएर दुर्घटना हुँदा आरु चनौटे–९ गोरखा घर भएका मोटरसाइकल चालक करिव ३२ वर्षीय सञ्जय खड्काको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी सूर्यबहादुर बोगटीका अनुसार मोटरसाइकल चालक खड्का काठमाडौंबाट अप्पर मुस्ताङको भ्रमणका लागि जाँदै थिए। दुर्घटनामा घाइते भएका खड्कालाई मुस्ताङ अस्पतालमा पु¥याईएको थियो।

अस्ताल पु¥याए पनि उपचार गर्न नपाउँदै उनको मृत्यु भएको डीएसपी बोगटीले जानकारी दिए। दुर्घटनापछि प्रहरीले कार चालकलाई पक्राउ गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार