राम्रोसंग बोल्न नसक्ने महिलालाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जाबाट एक जना पक्राउ

राम्रोसंग बोल्न नसक्ने महिलालाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जाबाट एक जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ असोज २०८१
  • 10K
    Shares

पोखरा,२७ असोज २०८१।

राम्रोसंग बोल्न नसक्ने महिलालाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जाबाट एक जना पक्राउ परेका छन्। राम्रोसँग बोल्न नसक्ने बौद्धिक अपाङ्गता भएकी ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा हरिनास गाउँपालिका–४ का ४५ को टुक बहादुर थापालाई पक्राउ परेका हुन्।

अभियुक्त थापाले ती बौद्धिक अपाङ्गता भएकी महिलालाई ललाई – फकाई जंगलमा लगेर धाक धम्की दिई, डर त्रासमा पारी जबरजस्तीकरणी गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलले जानकरी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार